mega darknetmega darknet
AarthikBikash
बिहिबार, अशोज ३०, २०८२

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

  • बिहिबार, अशोज ३०, २०८२
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं-सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको छ ।

बैठक केहिबेर अघिदेखि सुरु भएको हो ।

बिहीबार अपराह्न सुरु भएको मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

बैठकमा प्रधानमन्त्री सुशिला कार्कीसहित अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार र सञ्‍चारमन्त्री जगदीश खरेल लगायत मन्त्रीहरु उपस्थित छन् ।

यो नियमति बैठक रहेको प्रधानमन्त्री सुशिला कार्कीको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार