mega darknetmega darknet
AarthikBikash
आइतवार, कार्तिक १७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • माओवादी-एकीकृत समाजवादीको संयुक्त बैठक २० कात्तिकमा, विरोधमा उभिए जनार्दन

माओवादी-एकीकृत समाजवादीको संयुक्त बैठक २० कात्तिकमा, विरोधमा उभिए जनार्दन

  • आइतवार, कार्तिक १७, २०८२
माओवादी-एकीकृत समाजवादीको संयुक्त बैठक २० कात्तिकमा, विरोधमा उभिए जनार्दन

काठमाडौं-पार्टी एकताका लागि तयार भएका वाम पार्टीहरूबीच २० कात्तिकमा संयुक्त बैठक बस्ने भएको छ।

माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत अन्य आठ दल तथा समूह एकताका लागि तयार भएका छन्।

एकतामा आउन तयार भएका दलहरूको बैठक २० गते बोलाउने निर्णय आइतबारको माओवादी सचिवालय बैठकले गरेको हो।

त्यसअघि १८ गते माओवादीको केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए।

यसअघि शनिबार बसेको सचिवालय बैठकले एकीकृत समाजवादीसहितका वामपन्थी दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो।​​

एकीकृत समाजवादीले पनि हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो। तर एक्ताको निर्णयसँगै उक्त दल विभाजन भइसकेको छ।

अध्यक्ष माधव नेपालसहित बहुमत एकताका लागि तयार हुँदा सम्मानित नेता झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरू भने एकतामा नआई पार्टी पुनर्गठनमा लागेका छन्।

माओवादी उपमहासचिव जनार्दन शर्मा भने यो एकताको विपक्षमा छन्। शनिबारको सचिवालय बैठक छाडेर हिँडेका उनी आइतबारको बैठकमा उपस्थित नै भएनन्।

सम्बन्धित समाचार