mega darknetmega darknet
AarthikBikash
सोमवार, कार्तिक १८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • दाउन्ने सडकखण्डमा यातायात अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

दाउन्ने सडकखण्डमा यातायात अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

  • सोमवार, कार्तिक १८, २०८२
दाउन्ने सडकखण्डमा यातायात अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

नवलपुर-पूर्व-पश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको दाउन्नेमा अवरोध जारी रहेकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

सडक हिलो र चिप्लो रहेको, दाउन्नेको पूर्वी र पश्चिम खण्डमा सवारी साधनको लामो लाइन लागेकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको हो ।

करिब १४ किलोमिटर लामो दाउन्ने सडकका विभिन्न स्थानहरू चिप्ला र उकालो भएका कारण सवारीसाधन फस्ने र यातायात अवरुद्ध हुने समस्या देखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

दुम्किबासका स्थानीय बासिन्दाका अनुसार अहिले दाउन्नेदेखि होङसी सिमेन्ट गेटसम्म सवारी साधनको लामो लाइन लागेको छ । करिब १० किलोमिटर खडक खण्डमा सवारी साधनको लामो लाइन लागेको स्थानीयले बताएका छन् । दाउन्नेमा सवारी साधनको अत्यधिक चाप बढेपछि प्रहरीले कावासोती, डण्डा, चोरमारा, अरुणखोला लगायतका क्षेत्रमै सवारी साधनलाई होल्ड गराएर राख्न सुरु गरेको छ । दाउन्नेको उकालोमा आधादर्जन बढी सवारी साधनहरु विग्रिएर बसेका छन जसलाई तत्काल हटाउन सक्ने सम्भावना छैन ।

त्यसैले प्रहरीले सर्वसाधारणलाई सकेसम्म यी मार्ग प्रयोग नगर्न र वैकल्पिक मार्गहरू रोज्न अनुरोध गरेको छ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला प्रहरी कार्यालयका अनुसार, विगत पाँच दिनदेखि दाउन्नेमा ट्राफिक आवागमनमा कठिनाइ रहेको छ।

प्रहरीले यात्रुहरूलाई यात्रा गर्नुअघि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र दुम्किबास इलाका प्रहरी कार्यालयसँग समन्वय गर्न पनि सल्लाह दिएको छ।

सम्बन्धित समाचार