AarthikBikash
सोमवार, माघ २७, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • जेनजी आन्दोलनमा खटिएका इञ्चार्जहरूलाई उपत्यका नछाड्न प्रहरी हेडक्वार्टरको निर्देशन

जेनजी आन्दोलनमा खटिएका इञ्चार्जहरूलाई उपत्यका नछाड्न प्रहरी हेडक्वार्टरको निर्देशन

  • सोमवार, कार्तिक १८, २०८२
जेनजी आन्दोलनमा खटिएका इञ्चार्जहरूलाई उपत्यका नछाड्न प्रहरी हेडक्वार्टरको निर्देशन

काठमाडौं-भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।

प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई पत्राचार गर्दै त्यसताका सबैभन्दा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका इन्चार्जलाई कुनै पनि बेला आयोगमा सोधपुलका लागि बोलाउनुपर्ने भएकाले बाहिर नजाने व्यवस्था मिलाउन भनेको हो ।

जाँचबुझ आयोगले बढी क्षति भएका क्षेत्रमा खटिएका इञ्चार्जहरूलाई कुनैपनि बेला उपस्थित गराउनसक्ने भन्दै आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्र पठाएको थियो ।

जाँचबुझ आयोगले आइतबारदेखि सोधपुछ र बयान थालेको छ । आइतबार नख्खु कारागारका जेलरसँग आयोगले सोधपुछ गरेको थियो ।

सम्बन्धित समाचार