AarthikBikash
बुधबार, पुस १६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • हर्क साम्पाङको नेतृत्वमा भएको श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार, एकजना पक्राउ

हर्क साम्पाङको नेतृत्वमा भएको श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार, एकजना पक्राउ

  • शुक्रबार, पुस ४, २०८२
हर्क साम्पाङको नेतृत्वमा भएको श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार, एकजना पक्राउ

काठमाडौं– धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा धरान १६ मा भएको श्रमदानका क्रममा १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको खुलेको छ । बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा आरोपमा प्रहरीले ४९ वर्षीय खगेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।पीडितका परिवारले खगेन्द्रविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीपछि धरान–१७ पृथ्वीचोकका राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

धरान बहुभाषिक पाठशाला निर्माणको श्रमदान चलिरहेको बेला बालिकामाथि यौन दुर्व्यवहार भएको पीडितको आरोप छ ।पक्राउ परेका राई श्रमदाताहरूलाई खाना पकाउने काममा खटिएका थिए । बालिका आफ्नी आमासँग श्रमदानमा आएकी थिइन् । त्यही क्रममा राईले बालिकालाई फकाएर खोल्सातिर लगी हातपात गर्न खोजेको आरोप छ ।

यद्यपी घटना भएको बेला मेयर भने थिएनन् । घटनाको दिन राईलाई पीडितकी आमाले कुटपिटसमेत गरेकी थिइन् । पीडित परिवारका सदस्यले भने सोही दिन नै आफूहरुले प्रहरी बोलाउन खोज्दा कुन्दन श्रेष्ठले ‘श्रमदाता मानसिक रोगी हुन्, यस्तालाई कुटेर केही फाइदा छैन, उल्टै बच्चीको बदनाम हुन्छ । छोरी मान्छे हो, पछि बिहे नहुन पनि सक्छ । सामान्य विषयले श्रमदानको बेइज्जत हुन्छ’ भन्दै घटना प्रहरीसम्म पुग्न नदिएको बताएका छन् ।

पाठशालामा खोलाले कटान गरेपछि मेयर साम्पाङको नेतृत्वमा तारजाली लगाउन श्रमदान अभियान चलिरहेको छ । उपभोक्ता समिति बनाएर बिल लगिएपछि उपमेयर आइन्द्रविक्रम बेघाले रकम निकासा रोक्दा यहाँको श्रमदान विवादमा समेत परेको थियो ।

यही विषयले मेयर(उपमेयरको विवाद बढेपछि धरानले नयाँ बजेट पनि ल्याउन सकेको छैन । यता मेयर साम्पाङले भने दुई महिना पुरानो घटनालाई अहिले आएर बाहिर ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । यो घटनालाई जोडेर श्रमदानलाई बदनाम गर्न खोजिएको उनको आरोप छ ।

यो विषय बाहिर आएलगत्तै गत शुक्रबार साम्पाङले फेसबुकमा स्टाटस लेख्दै घटना प्रमाणित भए आफूले कारबाही गर्ने बताएका थिए । साथै, उनले चेतावनी दिँदै भनेका थिए, ‘यदि यस्तो होइन रहेछ भने आरोप लगाउनेले माफी मागेर कसले यस्तो भन्न लगाएको हो बाहिर ल्याइदिनुपर्छ ।’

यो स्टाटस विवादित भएपछि साम्पाङले हटाइसकेका छन् । धरान १६ का वडाअध्यक्ष मुरारी भट्टराईले मेयरले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर कारबाहीको चेतावनी दिएको बताए । तर साम्पाङले हिजो सामाजिक सञ्जाल फेसबुकमा लाइभ बसेर उनले भनेका छन्–‘१६ नम्बरको बालिकामाथि यौन दुर्व्यवहारको कुरा अहिले निकै तात्तिएको छ । को व्यक्तिले त्यस्तो गर्यो पत्ता लगाएर आरोप पुष्टि भएको हदसम्म कडा कानूनी कारवाही होस ।’

व्यक्तिगत रुपमा पीडकलाई आफूले नचिन्ने बताएका साम्पाङले भनेका छन्–‘प्रहरीले खोजोस र ल्याओस । श्रमदान भनेको यति वृहद कार्यक्रम हो, त्यसमा को–को आउँछ को–को आउँदैन, को कस्तो नियतले आयो, को कोसित बात मार्दैछ हामीलाई थाहा हुँदैन । कोही खराब नियतले आएका हुन सक्छन् । जो वास्तविक श्रमदाता छन्, उनीहरुले त्यस्तो काम गर्दैन भन्ने लाग्छ । श्रमदानलाई बदनाम गर्ने किसिमले नभन्नुहोला । खराब नियत राखेर आएकोलाई श्रमदाता भन्न मिल्दैन ।’

कुनै किसिमको कनेक्सन राखेर श्रमदान र श्रमदातालाई अपमान नगर्न आग्रह गर्दै उनले भनेका छन्–‘दुई महिना अगाडिको कुरा अहिले किन निस्किँदैछ ? त्यतिबेला नै किन निस्किएन ? दुई महिनासम्म यौन दुर्व्यवहारको कुरा लुकाएर हुन्छ ? यी सबै कुराको सत्यतथ्य छानबिन होस् । कोही निर्दोष नफसोस्, दोषी नउम्कियोस् ।

सम्बन्धित समाचार