mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • एमालेको ११औँ राष्ट्रिय महाधिवेशन: भृकुटीमण्डपमा कार्यकर्ताको चहलपहल

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन: भृकुटीमण्डपमा कार्यकर्ताको चहलपहल

  • शुक्रबार, पुस ४, २०८२
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन: भृकुटीमण्डपमा कार्यकर्ताको चहलपहल

काठमाडौ– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको चौथो दिन आज भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु हुने क्रममा छ । सर्वसम्मत प्रयास असफल भएपछि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुनेछ । बिहानैदेखि महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य चहलपहल देखिएको छ । विभिन्न प्यानलका समर्थकहरू आ-आफ्ना नेताको पक्षमा नारा लगाउँदै भोट माग्न व्यस्त छन् । विद्युतीय मतदान मेसिनको प्रयोग गरिने भएकाले प्रक्रिया छिटोछरितो हुने अपेक्षा गरिएको छ ।

देशभरबाट आएका २ हजारभन्दा बढी प्रतिनिधिहरूले पार्टीको आगामी नेतृत्व छान्ने यो प्रक्रियामा उत्साहपूर्वक सहभागी जनाएका छन् । कार्यकर्ताहरूले आफ्ना नेताहरूलाई समर्थन गर्दै महाधिवेशन स्थल वरपर चहलपहल कायम राखेका छन् । महाधिवेशनले पार्टीको संगठन सुदृढीकरण र भावी रणनीतिलाई केन्द्रमा राखेको छ । मतदान सकिएपछि नयाँ नेतृत्व घोषणा हुनेछ ।

सम्बन्धित समाचार