mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

  • शुक्रबार, पुस ४, २०८२
मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले लिने विश्वासको मतका लागि शुक्रबार अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । त्यसका लागि सांसदहरूलाई उपस्थित हुन जानकारी गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री यादवले विश्वासको मतका लागि बैठक बोलाइदिन बुधबार प्रदेशसभा सचिवालयलाई पत्र लेखेका थिए ।

मुख्यमन्त्री यादव मङ्सिर १९ गते नेपाली काँग्रेसका संसदीय दलका नेताका हैसियतमा सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सोहि व्यवस्था अनुसार यादवले आज विश्वासको मत लिन लागेका हुन् ।

सम्बन्धित समाचार