AarthikBikash
सोमवार, फाल्गुन ४, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • उदयपुरमा ७५० किलो गाँजा बरामद, दुईजना पक्राउ

उदयपुरमा ७५० किलो गाँजा बरामद, दुईजना पक्राउ

  • शनिबार, पुस १२, २०८२
उदयपुरमा ७५० किलो गाँजा बरामद, दुईजना पक्राउ

उदयपुर-उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुईजना पक्राउ परेका छन् ।

को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए ।

गाँजाका साथ जिपचालक बेलटार नगरपालिका–६ का रवीन राई र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित समाचार