काठमाडौं-आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक उमेदवारले प्रचारप्रसारमा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने भएका छन् ।
निर्वाचन आचारसंहिता, २०८२ मा यस्तो व्यवस्था गरिएको हो ।
“निर्वाचन अधिकृतको अनुमति लिई उमेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उमेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारीसाधन र त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने,” आचारसंहितामा भनिएको छ ।
तर राजनीतिक दल, उम्मेदवार, पार्टीका भातृसंगठन तथा सम्बन्धित व्यक्तिले चुनावी प्रसारमा प्रयोग गर्ने सवारी साधन विदेशी नम्बर प्लेटका हुन नहुने जनाएको छ ।
साथै आचार संहितामा दल वा उम्मेदवारले चुनाव प्रचार प्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा, घरदैलो, भेटघाट वा जुनसुकै प्रकारको र्याली, गर्दा बढीमा दश वटा राष्ट्रिय झन्डा मात्र प्रयोग गर्न सकिने उल्लेख छ ।