काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची आज बुझाउने तयारी गरेको छ ।
जिल्लाबाट आएका उम्मेदवारको सिफारिसलाई प्रदेशले निर्णय गरेर केन्द्रमा पठाइसकेको छ ।
नेकपाले एउटा जिल्लाबाट एकजना महिला अनिवार्य हुने गरी सूची पठाउन सर्कुलर जारी गरेको थियो । समानुपातिक तर्फ ११० जनाका लागि आकांक्षी धेरै भएकाले नयाँलाई अथवा मौका नपाएका उम्मेदवारलाई यस पटक समेट्ने नेकपाको तयारी छ ।
यसैबीच, वाग्मती प्रदेशको समानुपातिक बन्दसूची संकलन कार्यमा लागेका इन्चार्ज गंगालाल तुलाधरले झण्डै सबै सूची आइसकेकाले सोमबार फर्स्ट आवरमा आयोग पुगेर सूची बुझाउने तयारी रहेको बताए ।