AarthikBikash
बुधबार, पुस १६, २०८२
  • होमपेज
  • राजनीति
  • तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि

तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि

  • बुधबार, पुस १६, २०८२
तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि

पोखरा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न आज पोखरा पुगेका छन् ।

जिल्ला अदालत कास्कीमा उपस्थित भई तारिख बुझ्ने प्रयोजनका लागि लामिछाने पोखरा आएका हुन् ।

उनी सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २०८१ कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए भने पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

अदालतको आदेशअनुसार उनी नियमित रूपमा तारिख बुझ्न उपस्थित हुँदै आएका छन् ।

सम्बन्धित समाचार