काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने छ ।
बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नियमित महाधिवेशन तोकिएको मितिमा हुन नसक्ने देखिएपछि बिहीबार कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरिएको घोषणा गरेका थिए।
उनीहरूले पार्टी विधानअनुसार विशेष महाधिवेशन आवश्यक भएको जिकिर गर्दै आएका छन्।