काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरुसँग ९ बुँदे सहमति भएको छ ।
सोमबार राष्ट्रिय सभा गृहमा एकता समायोजन आयोजना गरी ९ बुँदे सहमति पत्र सार्वजनिक गरेको हो ।
राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्न रास्वपा र नाउपाका पूर्व पदाधिकारीहरूबीच सहमति भएको बताइएको छ ।
सहमति पत्रमा रास्वपाबाट उपसभापति डीपी अर्याल, थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारु, सुरेन्द्र चौधरी, नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले हस्ताक्षर गरेका छन् ।
उनीहरुलाई सभापति रवि लामिछाने, उपभापतिद्वय अर्याल, स्वणिम वाग्लेसहित शीर्ष नेताहरूले पार्टीमा स्वागत गरे ।