काठमाडौं-नेपाली कांग्रेसको आज बिहान बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समिति बैठक दिउँसोका लागि सारिएको छ ।
यसअघि बिहान ११ बजे बस्ने तय भएको बैठक अब दिउँसो १ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्ने बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहने जनाइएको छ।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीका आन्तरिक गतिविधि तथा आगामी कार्यदिशाबारे छलफल हुने अपेक्षा गरिएको छ।