काठमाडौं-पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेशप्रसाद यादवले सो पार्टी छाडेका छन् ।
मंगलबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले यादवलाई पार्टीमा स्वागत गरेका हुन् ।
२०७० सालको संविधानसभा चुनावमा सप्तरी-३बाट विजयी भएका उमेश यादव २०७४ मा भने जसपा अध्यक्ष उपेन्द्र यादवसँगै पराजित भएका थिए ।
पछि प्रचण्ड नेतृत्वको सरकारमा उनी सिंचाइ मन्त्री बनेका हुन् । उमेशप्रसाद यादव सप्तरीका स्थायी बासिन्दा हुन् ।