AarthikBikash
बुधबार, पुस २३, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले भेटे शेखर कोइराला

कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले भेटे शेखर कोइराला

  • मङ्लबार, पुस २२, २०८२
कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले भेटे शेखर कोइराला

काठमाडौं-नेपाली कांग्रेसको संस्थापन समूहका २५ केन्द्रीय सदस्यको समूहले डा. शेखर कोइरालासँग भेट गरेका छन् ।

आज बिहान विशालनगरस्थितक डा। कोइरालाको सचिवालयमा उक्त समूहले कोइरालासँग भेट गरेको हो ।

कोइरालासँग भएको २ घण्टा लामो भेटमा महाधिवेशन विवादबारे मध्यमार्गी विकल्प निकाल्ने गरी छलफल भएको छ।

कोइरालाले निर्वाचन नजिकिएका बेला विशेष महाधिवेशन गर्दा पार्टीलाई क्षति पुग्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरेका छन् । तर केन्द्रीय सदस्यहरुको समूहले भने निर्वाचन अघि नेतृत्व परिवर्तन नगरी निर्वाचन जाँदा पार्टीलाई थप घाटा पर्नेबारे अवगत गराएका थिए ।

उक्त समूहले यसअघि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग समेत भेट गरेको थियो ।

निर्वाचन अगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको संस्थापन पक्षले फागुन २१ को निर्वाचनअघि महाधिवेशन सम्भव नभएको दाबी गरिरहेको छ । तर संस्थापन पक्षका उदयशमशेर राणा, राजेन्द्रकुमार केसी लगायतका नेताहरुले भने विशेष महाधिवेशन गरेरै भए पनि नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

सम्बन्धित समाचार