काठमाडौं-भारतमा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सार्वजनिक गरेको टोलीमा कुलश मल्ल र आदिल आलम अटाउन सकेनन् भने नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा प्रभावशाली प्रदर्शन गरेका शेर मल्ल पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका छन् ।
रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा अनुभवी तथा युवा खेलाडीको सन्तुलित संयोजन देखिएको छ । टोलीमा दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकश बम रहेका छन् ।
फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुने विश्वकपमा नेपालले बेलायत, बंगलादेश, वेस्टइन्डिज र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालका सबै खेल भारतको मुम्बइस्थित प्रतिष्ठित वानखेडे रंगशालामा हुने तय भएको छ।