AarthikBikash
बिहिबार, पुस २४, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै

  • बुधबार, पुस २३, २०८२
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बोलाइएको हो । कांग्रेसको कार्य सम्पादन समितिको बैठक हिजो पनि बसेको थियो।

बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको खेमाले विशेष महाधिवेशनको तयारी अघि बढाएपछि कांग्रेसमा विवाद चुलिएको छ।

महामन्त्रीद्वयको कदमप्रति संस्थापन पक्षले आपत्ति जनाउँदै आएको छ। मंगलबारको बैठकमा महामन्त्री थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका छन्।

आज पनि बाँकी नेताले आआफ्नो धारणा राख्ने कार्यक्रम छ।

सम्बन्धित समाचार