AarthikBikash
बिहिबार, पुस २४, २०८२
  • होमपेज
  • राजनीति
  • पूर्वमाओवादी भण्डारीलाई एमालेले बनायो राष्ट्रिय सभा उम्मेदवार

पूर्वमाओवादी भण्डारीलाई एमालेले बनायो राष्ट्रिय सभा उम्मेदवार

  • बुधबार, पुस २३, २०८२
पूर्वमाओवादी भण्डारीलाई एमालेले बनायो राष्ट्रिय सभा उम्मेदवार

काठमाडौं– नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ८ जनाको नाम टुंगो लगाएको हो । एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा प्रेम दंगाल, गण्डकी प्रदेशमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने भएको छ । आगामी माघ ११ गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।

सम्बन्धित समाचार