काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीको (रास्वपा) तर्फबाट समानुपातिक सूचीमा परेका डा.रामजी रामले पनि फिर्ता लिएका छन् ।
रामजीले आफ्नो फेसबुक पेजमार्फत बन्दसूचीबाट नाम फिर्ता लिएको जानकारी गराएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्- ‘दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु।’
उनले संसद्को कुर्सीमा बसेर मात्र नभइ बाहिरैबाट सामाजिक न्यायको पक्षमा बोल्ने पनि बताएका छन् ।
उनले नाम फिर्ता लिएसँगै रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ९ पुगेको छ ।
यसअघि सोलो ट्राभलर सिर्जना वलीले, आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल, प्राध्यापक महेन्द्र लावती, मिलन लिम्बु र अरनिको पाँडेले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए ।
समानुपातिक उम्मेदवारबारे सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढ्न थालेपछि नाम फिर्ता लिनेको संख्या बढ्न थालेको छ ।