काठमाडौं-ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आजै राजीनामा दिने तयारी गरेका छन् ।
स्रोतका अनुसार उनी अहिले ९ बजे प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा दिन लागेका हुन् ।
उनले अहिले ९ बजे पत्रकार सम्मेलन पनि आयोजना गरेका छन् ।
पत्रकार सम्मेलनमार्फत् राजीनामाका विषयमा जानकारी तयारी रहेको सचिवालयले जनाएको छ ।