काठमाडौं– आईसीसी महिला टि-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डस निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो । स्कटल्यान्डका लागि प्रियानाज चट्टेर्जीले सर्वाधिक ४५ रनमा अविजित रहिन् । एल्सा लिस्टरले २२, सराह वर्सीले १८ र मेगन मेकोलले १७ रन थपिन्। बनाइन् ।
नेपालका लागि मनिषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन् । रुविना क्षेत्रीले ३ विकेट लिइन् । रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक विकेट आफ्नो नाममा गरे। आज दुवै टोलीलाई सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब रहेको छ । स्कटल्यान्डसँग पराजित भएमा नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ ।