AarthikBikash
बुधबार, माघ १५, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेसको परिपत्र: निर्वाचनलाई व्यवस्थित बनाउन तत्काल १२ समिति गठन गर्न निर्देशन

कांग्रेसको परिपत्र: निर्वाचनलाई व्यवस्थित बनाउन तत्काल १२ समिति गठन गर्न निर्देशन

  • बुधबार, माघ १५, २०८२
कांग्रेसको परिपत्र: निर्वाचनलाई व्यवस्थित बनाउन तत्काल १२ समिति गठन गर्न निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका उम्मेदवारहरुको निर्वाचनका कार्यक्रमहरु व्यवस्थित बनाउन मातहतका पार्टी निकायलाई निर्देशन दिएको छ। उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्माले ७ प्रदेशका १६५ वटै निर्वाचन क्षेत्र र ७७ वटै जिल्ला सभापतिहरुलाई परिपत्र गर्दै समिति गठन गर्न निर्देशन दिएका हुन् । उनले भनेका छन्- ‘अत्यावश्यक अन्य समिति–उपसमिति मअविलम्ब गठन गरेर केन्द्रीय कार्यालयमा विवरण पठाउन आग्रह गर्दछु ।’

पार्टीका उम्मेदवारलाई जित हासिल गर्न सहज बनाउन विभिन्न १२ वटा समिति र संरचना गठन गर्न समेत निर्देशन दिइएको छ । जसमा निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मुल समिति, निर्वाचन प्रचारप्रसार मुल समिति, वौद्धिक क्षेत्र समन्वय समिति लगायतका संरचनाहरु गठन गर्न भनिएको छ । साथै यी समिति गठन गरेर विवरण केन्द्रमा पठाउन समेत भनिएको छ।

सम्बन्धित समाचार