AarthikBikash
सोमवार, माघ २७, २०८२
  • होमपेज
  • समाज
  • आजको मौसम : तराईमा हुस्सु, पहाड र हिमालमा हिमपातको सम्भावना

आजको मौसम : तराईमा हुस्सु, पहाड र हिमालमा हिमपातको सम्भावना

  • सोमवार, माघ २७, २०८२
आजको मौसम : तराईमा हुस्सु, पहाड र हिमालमा हिमपातको सम्भावना

काठमाडौं – नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भेगमा बादल देखिन थालेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानमा भने मौसम सामान्यतया सफा नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार देशभरको मौसममा केही परिवर्तन आउने देखिएको छ। सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ।

तराईका अधिकांश भू–भागमा भने बिहानीपख हुस्सु र कुहिरोको प्रभाव रहनेछ। जसका कारण जनजीवन र यातायातमा सामान्य असर पर्न सक्ने सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

सम्बन्धित समाचार