AarthikBikash
सोमवार, माघ २७, २०८२
  • होमपेज
  • राजनीति
  • सोसल मिडियामा स्टन्ट गरेका भरमा राजनीतिमा स्थापित हुन खोज्दैछन् : प्रचण्ड

सोसल मिडियामा स्टन्ट गरेका भरमा राजनीतिमा स्थापित हुन खोज्दैछन् : प्रचण्ड

  • सोमवार, माघ २७, २०८२
सोसल मिडियामा स्टन्ट गरेका भरमा राजनीतिमा स्थापित हुन खोज्दैछन् : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कुनै योगदान नगरेकाहरू लोकप्रियतावादमार्फत राजनीति गर्न खोजिरहेको टिप्पणी गरेका छन् ।  सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा पार्टी प्रवेश कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै प्रचण्डले सामाजिक सञ्जालमा स्टन्ट गरेर देश नबन्ने  स्पष्ट पारेका हुन् ।प्रचण्डले भने(अहिले नेपालमा लोकप्रियतावाद हाबी हुन खोजेको छ । उनले भने- ‘कुनै योजना, एजेन्डा छैन, सोसल मिडियामा स्टन्ट गरेका भरमा उनीहरू राजनीतिमा स्थापित हुन खोज्दैछन् । विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रहार गराउन लगानी गर्छ । नेपालमा पनि अहिले भूराजनीतिक चलखेलबाट हस्तक्षेप गर्ने कोसिस भइरहेको छ ।’

प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीसँग नै नयाँ विचार र एजेन्डा रहेको बताए। उनले थप भने- ‘प्रतिवाद गर्न पनि नयाँ संकल्प र नयाँ समीक्षासहित राष्ट्र र जनताको निम्ति तागत चाहिएको छ। त्यही तागतका लागि नेपाली कम्युनिस्ट पार्टी बनाएको हो। र यो देशकै ठूलो पार्टी बन्छ ।’ उनले २६ वटा घटकहरू मिलेर बनेको नेकपा अब देशकै ठूलो पार्टी बन्ने दाबी समेत गरे।

सम्बन्धित समाचार