काठमाडौं – दोलखाको राजनीतिक इतिहासमा एक चिन्तनशील, अध्ययनशील र परिणाममुखी नेतृत्वका रूपमा स्थापित नाम हो विशाल खड्का।
उनले प्रदेश सभामा एक पटक निर्वाचित भएर काम गरी सकेका छन् भने पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन् । उमेरले ४४ वर्ष मात्र पुगेका खड्का युवा जोश र परिपक्व राजनीतिक अनुभवको संयोजन हुन् ।
बागमती प्रदेशका पूर्व वन तथा वातावरण मन्त्रीका रूपमा कार्यभार सम्हाल्दा उनले दोलखाको विकास निर्माणमा उल्लेखनीय योगदान गरेको तथ्य देखिन्छ । सडक विस्तार, वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन, शिक्षा र आधारभूत पूर्वाधारमा देखिएको प्रगति उनको सक्रिय पहल र दूरदर्शी सोचको परिणाम हो। प्रदेशसभामा निर्वाचित भएपछि दोलखाको आवाजलाई प्रभावकारी रूपमा उठाउँदै विकासलाई व्यवहारमा उतार्ने काम उनले प्रमाणित गरी सकेका छन् ।
विशाल केवल एक राजनीतिज्ञ मात्र नभएर एक अध्ययनशील व्यक्तित्व र लेखक पनि हुन् राजनीति र समाजका विषयमा गहिरो अध्ययन गर्ने, विचार लेख्ने र पुस्तक प्रकाशन गर्ने उनको बौद्धिक पहिचानले नेतृत्वलाई अझ परिपक्व बनाएको छ। बजारमा उपलब्ध खड्काको पुस्तकहरूले वैचारिक स्पष्टता र समाजप्रतिको जिम्मेवारी झल्काउँछ ।
लामो राजनीतिक यात्राले दिएको अनुभव, युवावस्थाको ऊर्जा, अध्ययनशील दृष्टिकोण , विकासप्रेमी प्रतिबद्धता सहित खड्का अब संघीय संसदमा दोलखाको प्रतिनिधित्व गर्न अग्रसर छन् ।