AarthikBikash
आइतवार, फाल्गुन ३, २०८२
  • होमपेज
  • राजनीति
  • नेकपाले निर्वाचन आयोगमा बुझायो प्रतिबद्धता पत्र

नेकपाले निर्वाचन आयोगमा बुझायो प्रतिबद्धता पत्र

  • आइतवार, फाल्गुन ३, २०८२
नेकपाले निर्वाचन आयोगमा बुझायो प्रतिबद्धता पत्र

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र निर्वाचन आयोग समक्ष पेश गरेको छ ।

पार्टीको तर्फबाट उक्त प्रतिबद्धता पत्र आज  दिउँसो ३ बजे निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष बुझाइएको हो ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले आफ्नो घोषणापत्र वा प्रतिबद्धता पत्र फागुन ३ गतेभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ ।

सोही अनुरूप आयोगले यसअघि नै सबै दलहरूलाई निर्धारित समयसीमाभित्र आवश्यक कागजात पेश गर्न पत्राचार गरेको छ ।

सम्बन्धित समाचार