AarthikBikash
बिहिबार, फाल्गुन ७, २०८२
  • होमपेज
  • राजनीति
  • रास्वपाको चुनावी अभियान तीव्र, सुर्खेत सभाबाट वाचापत्र सार्वजनिक हुँदै

रास्वपाको चुनावी अभियान तीव्र, सुर्खेत सभाबाट वाचापत्र सार्वजनिक हुँदै

  • बिहिबार, फाल्गुन ७, २०८२
रास्वपाको चुनावी अभियान तीव्र, सुर्खेत सभाबाट वाचापत्र सार्वजनिक हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सुर्खेतमा ‘परिवर्तन उद्घोषसभा’ आयोजना गर्दैछ । पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रचारप्रसारलाई तीव्र बनाएको हो ।

सुर्खेतको घण्टाघर चोकमा दिउँसो १२ बजेदेखि सुरु हुने सभामा रास्वपा सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

पार्टीका अनुसार यही सभामार्फत आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र (वाचापत्र) सार्वजनिक गरिनेछ ।

सभापति लामिछानेको सचिवालयले वाचापत्र सार्वजनिक गर्ने कार्यक्रमलाई चुनावी अभियानको महत्वपूर्ण चरणको रूपमा लिइएको जानकारी दिएको छ ।

सम्बन्धित समाचार