झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०माथि चुनाव भाँड्न खोजेको आरोप लगाएका छन्।
शनिबार झापा जाँदै गर्दा भद्रपुर विमानस्थल सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
एमालेको झन्डा जलाएकोप्रति इंगित गर्दै ओलीले रास्वपाले आफ्नो पक्षमा नतिजा आउने अवस्था नदेखेपछि अस्वभनीय व्यवहार देखाउन थालेको टिप्पणी गरे।
उनले भने- ‘मलाई के लाग्छ भने रास्वपाले चुनाव जितिन्न भन्ने निष्कर्ष निकाल्यो। त्यहीकारण अत्यत्यन्तै अभद्र अमर्यादित र अस्वभाविक व्यवहार देखाउने, तनाव बढाउने यसप्रकारको कुराहरू देखाउन थालेको छ। उनीहरू चुनाव भाँड्ने पक्षमा गएको देखिन्छ ।’
बिहीबार बेलुकी तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका रास्वपाका समर्थकहरूमध्ये केहीले एमाले अध्यक्ष ओलीविरूद्ध चर्को नाराबाजी गर्दै चुनाव चिह्न सूर्य अंकित झण्डा जलाइदिएका थिए।
झापा- ५ का एमाले उम्मेदवारसमेत रहेका ओलीले चुनाव बलजफ्ती गर्ने विषय नभएको बताए।