काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी भन्सार दर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याउने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै उनले उक्त निर्णय सुनाएका हुन् ।यसअघि, अमेरिकाको सर्वोच्च अदालतले शुल्कसम्बन्धी फैसला उल्ट्याएपछि उनले १० प्रतिशत शुल्क लगाएका थिए ।
उनले लेखेका छन्, ‘अमेरिकी सर्वोच्च अदालतले हिजो ९शुक्रबार० कर सम्बन्धी गरेको निर्णय बेकार र अत्यन्तै अमेरिकी विरोधी छ। यस वक्तव्य मार्फत म भन्न चाहन्छु कि संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा, म विश्वव्यापी १० प्रतिशतको कर १५ प्रतिशतमा बढाउँदैछु।’