काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले जनताको पक्षमा काम गर्दा पनि चौतर्फी घेराबन्दीमा परेको जिकिर छन् । आइतबार झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो ६० वर्षे लामो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै देश विकासको पक्षमा उभिएकै कारण आफूमाथि आक्रमण भइरहेको जिकिर गरेका हुन् ।ओलीले आफ्नो नेतृत्वमा मिचिएको भूभाग फिर्ता ल्याउनेदेखि उत्तरतिरको नाका खोल्ने र दक्षिणमा हुलाकी राजमार्ग निर्माण गर्ने र अर्थतन्त्र उकास्ने काम भएको स्मरण गराए ।
उनले भने- ‘मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ, फेरि पनि गर्नेछैन । तर ममाथि यत्रो प्रहार किन रु म कमिसन खान्न, कमिसनखोर होइन । फेरि ममाथि यत्रो प्रहार किन रु म देशको बारेमा, जनताको बारेमा, देशको विकासको बारेमा, , जनताको जिउधनको रक्षाको बारेमा सधैं सोचिरहन्छु, चिन्तित हुन्छु । त्यसका लागि काम गर्छु । फेरि मलाई यति अपमान, यति विरोध किन ?’
देशको विकास, राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा उभिएकै कारण आफूमाथि आक्रमण भइरहेको उनको भनाइ थियो । साथै देश कुनै प्रयोगशाला वा मजाक गर्ने ठाउँ नभएको उल्लेख गर्दै रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै एउटा पालिका चलाउन असफल भएकाहरूलाई देश चलाउने जिम्मा दिन नसकिने बताए ।