AarthikBikash
शनिबार, चैत्र १४, २०८२
  • होमपेज
  • राजनीति
  • ओली र लेखकको पक्राउ विरुद्ध देशव्यापी विरोधका कार्यक्रम घोषणा

ओली र लेखकको पक्राउ विरुद्ध देशव्यापी विरोधका कार्यक्रम घोषणा

  • शनिबार, चैत्र १४, २०८२
ओली र लेखकको पक्राउ विरुद्ध देशव्यापी विरोधका कार्यक्रम घोषणा

काठमाडौं – नेकपा एमालेले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकले विरोधका केही कार्यक्रम पनि घोषणा गरेको छ । एमालेले प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि चैत १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने पनि निर्णय गरेको छ ।

साथै एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने र नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने पनि निर्णय गरेको छ ।

यस्ता छन् एमाले सचिबालय बैठकले तय गरेका निर्णयमहरू :

१.आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।

२.प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।

३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी  कार्यालयमा विरोधपत्र बुझाउने।

४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।

सम्बन्धित समाचार