AarthikBikash
शनिबार, चैत्र १४, २०८२
  • होमपेज
  • राजनीति
  • ओली र लेखक पक्राउपछि अन्य दलसँग संवाद गर्दै एमाले

ओली र लेखक पक्राउपछि अन्य दलसँग संवाद गर्दै एमाले

  • शनिबार, चैत्र १४, २०८२
ओली र लेखक पक्राउपछि अन्य दलसँग संवाद गर्दै एमाले

काठमाडौं – नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि अन्य दलसँग संवाद गर्ने निर्णय गरेको छ।

शनिबार पार्टी कार्यालयमा बसेको आकस्मिक सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

यसका लागि जिम्मेवारी बाँडफाँट पनि गरेको छ । जसअनुसार राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् । यस्तै संसदीय दलहरूसँगको संवादको संयोजनको जिम्मेवारी अर्का उपाध्यक्ष रामबहादुर थापालाई दिइएको छ भने कानुनी प्रतिवादको संयोजन गर्ने  जिम्मेवारी उपाध्यक्ष गोकर्ण विष्टले पाएका छन् ।

महासचिव शंकर पोखरेलका अनुसार संसदमा रहेका दलहरुसँग संवाद गरेर सामूहिक प्रतिवादको योजना बनाइनेछ।

जेनजी आन्दोलनमा जाँचबुझ आयोगको प्रतिवेदनले फौजदारी कसुरमा कारबाही सिफारिस गरेपछि प्रहरीले ओली र लेखकलाई शनिबार बिहान पक्राउ गरेको छ ।

लगत्तै पार्टी कार्यालय च्यासलमा उपाध्यक्ष थापा बादलको अध्यक्षतामा एमाले सचिवालयको आकस्मिक बैठक बसेको थियो । सोही बैठकले संसदमा रहेका र नरहेका दलसँग संवाद गर्ने र कानुनी प्रतिवादको संयोजन गर्ने जिम्मेवारी बाँडफाँट गरेको हो ।

सम्बन्धित समाचार