काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।बैठक आज बिहान ११ बजे धुम्बाराहीमा बस्ने छ । बैठकलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेतृत्व गर्ने छन् ।
समूहमा नेता शेखर कोइराला पक्ष पनि सहभागी हुनेछ ।