AarthikBikash
शुक्रबार, चैत्र २०, २०८२
  • होमपेज
  • राजनीति
  • एमाले संसदीय दलको नेतामा सुहाङले गरे औपचारिक दाबी

एमाले संसदीय दलको नेतामा सुहाङले गरे औपचारिक दाबी

  • बुधबार, चैत्र १८, २०८२
एमाले संसदीय दलको नेतामा सुहाङले गरे औपचारिक दाबी

काठमाडौं– नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा औपचारिक रूपमा आफ्नो दाबी अघि सारेका छन् । च्यासलमा जारी संसदीय दलको बैठकमा नेम्वाङले पार्टीको अहिलेको जनभावना अनुरुप र आवश्यकता अनुसार भन्दै दलको नेतामा इच्छा व्यक्त गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सुहाङले बैठकमा भने- ‘पार्टीको विधि पद्धति र अग्रजहरूको भूमिकालाई सम्मान गर्दै म जिम्मेवारी निभाउन तयार छु । देशमा उत्पन्न वर्तमान परिस्थिति हामीले नजरअन्दाज गर्न पक्कै हुँदैन । सदन र सदन बाहिरको अवस्था हामी बुझ्न सक्छौँ ‘ उनले आफ्नो भनाइ अग्रजहरूले गर्न नसक्ने भन्ने नरहेको प्रष्ट पारेका छन् ।

‘ उहाँले आफू नै अहिलेको आवश्यकता, युवाको ऊर्जा सँगसँगै अग्रजको अनुभव र आशीर्वाद हो भन्नुभएको छ छलफल हुँदैछ’, सुहाङको भनाइ उद्धृत गर्दै ती नेताले भने । पार्टीले नै अवलम्बन गरेको प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र लोकतान्त्रिक अभ्यासलाई पनि अपनाउने कुरा उनले नेतृत्वलाई स्मरण गराएका छन् । बादलको अध्यक्षतामा जारी बैठकमा पार्टी पदाधिकारीहरू विष्णु पौडेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायतका नेता छन् ।

सम्बन्धित समाचार