AarthikBikash
बिहिबार, चैत्र १९, २०८२
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभाको पहिलो बैठक आज: रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने

प्रतिनिधिसभाको पहिलो बैठक आज: रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने

  • बिहिबार, चैत्र १९, २०८२
प्रतिनिधिसभाको पहिलो बैठक आज: रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् । फागुन २१ पछिको निर्वाचनपछि आज बस्न लागेको पहिलो बैठकलाई सभापति लामिछानेले सम्बोधन गर्न लागेका हुन् ।बैठकमा अधिवेशन प्रारम्भका अवसरमा अन्य दलका सदस्यहरूले पनि आ-आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।  जसअनुसार प्रतिनिधिसभामा दोस्रो दलको हैसियतमा रहेको नेपाली कांग्रेसका तर्फबाट सांसद भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने तय भएको छ ।  कांग्रेसले हालसम्म संसदीय दलको नेता चयन गरिसकेको छैन । त्यसैले समानुपातिकतर्फका सांसद आङ्देम्बे गर्न लागेका हुन् ।

यसैगरी, तेस्रो दल नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नयाँ दल श्रम संस्कृति पार्टीका तर्फबाट अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।

सम्बन्धित समाचार