काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको हो ।
स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ । यसैगरी प्रधानमन्त्री बालेनले बोलाएको आकस्मिक बैठकमा केही महत्त्वपूर्ण निर्णय, नीति तथा प्राथमिकता निर्धारण, प्रशासनिक निर्णय र समसामयिक विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ। यसअघि आइतबार पनि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।