AarthikBikash
बुधबार, चैत्र २५, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले लिए शपथ

राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले लिए शपथ

  • बुधबार, चैत्र २५, २०८२
राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले लिए शपथ

काठमाडौं– राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ ग्रहण गरेका छन्। विधायन समितिका नवनिर्वाचित सभापतिहरूले अध्यक्ष नारायण दाहालबाट शपथ लिएका हुन्।

राष्ट्रिय सभा अन्तर्गत ४ समितिमा सभापति निर्विरोध चयन भएका थिए। दलहरुबीच सहमतिपछि कांग्रेसका तर्फबाट विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्वाचित भएका छन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी जनता समाजवादी पार्टी नेपाल र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई नेपाली कम्युनिस्ट पार्टीकी सांसद हुन् ।

सम्बन्धित समाचार