AarthikBikash
बिहिबार, चैत्र २६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आज मौरिसस जाँदै परराष्ट्रमन्त्री खनाल

आज मौरिसस जाँदै परराष्ट्रमन्त्री खनाल

  • बिहिबार, चैत्र २६, २०८२
आज मौरिसस जाँदै परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणका रूपमा आज मौरिसस प्रस्थान गर्दै छन् । उनी मौरिससमा आयोजना हुने इन्डियन ओसियन कन्फ्रेन्सको नवौँ संस्करणमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । सम्मेलन चैत २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । भारतको विदेश मन्त्रालय र इन्डिया फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजना गरिएको यस कार्यक्रममा भारतका विदेशमन्त्री एस जयशंकर सहभागी हुनेछन् ।  नवौँ इन्डियन ओसियन कन्फ्रेन्समा भाग लिने क्रममा मौरिससमा परराष्ट्रमन्त्री खनाल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुनेछ ।

सम्बन्धित समाचार