AarthikBikash
बिहिबार, चैत्र २६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ओली र लेखक आज हाजिर जमानीमा छुट्ने

ओली र लेखक आज हाजिर जमानीमा छुट्ने

  • बिहिबार, चैत्र २६, २०८२
ओली र लेखक आज हाजिर जमानीमा छुट्ने

काठमाडौं– जेन्जी आन्दोलनसँग सम्बन्धित घटनामा पक्राउ परेका नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई आजै रिहा गर्ने तयारी भइरहेको छ ।सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुनेगरी’ ओली र लेखकलाई रिहा गर्ने निर्णय गरिएको हो ।  सर्वोच्च अदालतले सोमबार दुवै नेता माथिको अनुसन्धान चैत २६ गते बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।

यसअघि, दुवै नेता चैत १४ गते पक्राउ परेका थिए। भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद लिएर प्रहरीले उनीहरूलाई हिरासतमा राखेको थियो ।

सम्बन्धित समाचार