काठमाडौं– १३ दिनपछि हिरासमुक्त भए पनि पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले स्वास्थ्य अवस्थामा सुधार नभएका कारण अस्पतालमै रहने पारिवारिक स्रोतले जनाएको छ । ओलीको आगामी मंगलबार पत्थरीको शल्यक्रिया गर्ने तयारी चिकित्सकहरूको छ ।
जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका ओलीको स्वास्थ्यमा ‘मल्टिपल समस्या’ देखिएपछि चिकित्सकले शिक्षण अस्पतालमै भर्ना गरेका थिए । ओलीको सुगर अस्वाभाविक बढेको र थाइराइडको पनि समस्या देखिएको थियो । पत्थरी समेत देखिएपछि चिकित्सकले शल्यक्रिया गर्दाका जोखिमबारे परामर्श गर्न समय लागेको थियो । ओलीलाई आजै पत्नी राधिका शाक्यको जिम्मा लगाएर प्रहरीले छाडे पनि अस्पतालले भने डिस्चार्ज नदिने भएको छ ।