AarthikBikash
बिहिबार, चैत्र २६, २०८२
  • होमपेज
  • राजनीति
  • उपसभामुखमा श्रम संस्कृति पार्टीलाई रास्वपाको समर्थन

उपसभामुखमा श्रम संस्कृति पार्टीलाई रास्वपाको समर्थन

  • बिहिबार, चैत्र २६, २०८२
उपसभामुखमा श्रम संस्कृति पार्टीलाई रास्वपाको समर्थन

काठमाडौं – प्रतिनिधिसभाको उपसभामुख पदमा सत्तारुढ दल रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ ।

प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट २५ वर्षीय  समानुपातिक सांसद रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन् ।

उनलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

‘रास्वपाले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ,’ उनले भने ।

उपसभामुख पदमा राप्रपाबाट सरस्वती लामाले पनि उम्मेदवारी दिएकी छन् ।

राप्रपा दलका नेता ज्ञानेन्द्र शाहीले पनि रास्वपासँग कुराकानी भएपछि आफूहरुले उम्मेदवारी दर्ता गरेको बताएका छन्।

रास्वपाले श्रम संस्कृतिलाई समर्थन गरेको भन्नेबारे सञ्चारकर्मीहरूको जिज्ञासामा ज्ञानेन्द्रले भने, ‘ठिक छ, उहाँहरूले त्यो राजनीति गर्नुभएको रहेछ भने मलाई केही भन्नु छैन। रास्वपाको सभापतिले फोन गरेपछि हामीले दर्ता गराएका हौँ।

सम्बन्धित समाचार