AarthikBikash
शनिबार, चैत्र २८, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा

  • शनिबार, चैत्र २८, २०८२
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा

काठमाडौं – संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक बसेको छ ।

प्रधानमन्त्री बालेन्द्र साहका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असिम साहको अध्यक्षतामा बैठक सिंहदरबारमा जारी छ।

बैठकमा उठेका विषयहरू र राजनीतिक दलहरूको लिखित धारणा संकलन गरी संविधान संशोधनका मुद्दा पहिचान गर्ने तथा कार्यदलको आगामी कार्य योजना तयार गर्नेबारे छलफल भइरहेको छ ।

नेपालको संविधानको धारा २७४ ले संशोधनसम्बन्धी स्पष्ट प्रावधान गरेको उल्लेख गर्दै उनले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नसकिने संवैधानिक व्यवस्था रहेको साहले स्पष्ट पारे ।

त्यसैले निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक प्रतिनिधित्व, सांसद मन्त्री नहुने व्यवस्था, गैर दलीय स्थानीय सरकार तथा प्रदेश संरचनाको सुधारजस्ता विषयमा व्यापक छलफल गरी अघि बढ्ने साहको भनाइ छ ।

कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अधिवक्ता मोहनलाल आचार्य, कांग्रेसको तर्फबाट मोहन आचार्य, एमालेतर्फबाट संविधान सभाका सदस्य एवं डा। भीष्मनाथ अधिकारी, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट संविधान सभाका सदस्य एवं पूर्व कानुनमन्त्री देव गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट सदस्य छन्।

सम्बन्धित समाचार