AarthikBikash
आइतवार, चैत्र २९, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • चर्चित गायिका आशा भोसलेको निधन

चर्चित गायिका आशा भोसलेको निधन

  • आइतवार, चैत्र २९, २०८२
चर्चित गायिका आशा भोसलेको निधन

एजेन्सी – चर्चित गायिका आशा भोसलेको निधन भएको छ।

मुम्बईको ब्रिच क्यान्डी अस्पतालका चिकित्सकहरूले ९२ वर्षीया भोसको निधनको पुष्टि गरेका छन्।

आशा भोसलेलाई हृदयघात भएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो।

भारतीय संगीत जगतकी दिग्गज स्वरसम्राज्ञी भोसले ६ दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै हजारौँ गीतमा स्वर दिएकी कलाकार थिइन् ।

हिन्दी मात्र होइन, मराठी, बंगाली, गुजराती, तमिल, तेलुगु लगायत विभिन्न भाषामा उनले आफ्नो स्वरको जादू फैलाएकी छन् ।

नेपाली गीतहरूमा समेत उनको योगदान उल्लेखनीय मानिन्छ।

आफ्नो सांगीतिक करिअरमा १२ सयभन्दा बढी गीत गाएकी भोसलेले नेपाली चलचित्र ‘माइतीघर’ लगायतका थुप्रै गीतहरू मार्फत नेपाली श्रोताको मनमा विशेष स्थान बनाएकी छिन्।

यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ र ‘गैरी खेतको शिरै हान्यो’ जस्ता कालजयी नेपाली गीतहरूमा आफ्नो सुमधुर स्वर दिएकी छन् ।

गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गर्दै सोमबार अन्त्येष्टि गरिने जनाएका छन् ।

भारतीय सिनेमाकी सबैभन्दा लोकप्रिय गायिकामध्ये एक भोसलेको स्थान हिन्दी फिल्म संगीतमा उनकी दिदी स्वर्गीय लता मंगेशकरसँग तुलना गरिन्छ ।

सम्बन्धित समाचार