AarthikBikash
बुधबार, बैशाख २, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बिना भ्रष्टाचार कमाउनु ‘पाप’ होइन: गृहमन्त्री गुरुङ

बिना भ्रष्टाचार कमाउनु ‘पाप’ होइन: गृहमन्त्री गुरुङ

  • सोमवार, चैत्र ३०, २०८२
बिना भ्रष्टाचार कमाउनु ‘पाप’ होइन: गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु ‘पाप’ नभएको बताएका छन् ।

सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै आलोचना भएपछि सोमबार इन्स्टग्राममा लेख्दै मन्त्री गुरुङले सरकारमा आएर भ्रष्टाचार गरी कमाउनु चाही ‘पाप’ भएको टिप्पणी गरेका हुन् ।’तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । चेतना भया,’ उनले लेखेका छन् ।

बालेन्द्र शाह नेतृत्वको सरकारले हिजो सम्पत्ति सार्वजनिक गरेसंगै सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।

सम्पत्ति विवरण हेर्दा मन्त्रिपरिषदका सदस्यहरू सम्पन्न देखिएका छन् ।जसमध्ये गृहमन्त्री गुरुङ पनि एक हुन् । गृहमन्त्री गुरुङले पेश गरेको विवरण अनुसार उनले आफूसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको जनाएका छन् ।

गुरुङसंग गोरखामा मात्रै २२१ रोपनी जग्गा छ । यो जग्गा आफ्नो पैतृक भएको र हजुरबाको नाममा रहेको गुरुङले जनाएका छन् । यस्तै, चितवनको भरतपुरमा ३० कठ्ठा जग्गा बुवाको नाममा रहेको छ । गुङको आफ्नै नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा पनि छ ।

गृहमन्त्रीले विभिन्न कम्पनीमा ४ करोड ३० लाख बराबरको सेयर लगानी गरेका छन् । तीन वटा बैंक खातामा ६२ लाख रूपैयाँभन्दा बढी बचत छ ।

गुरुङले आफ्नो सम्पत्तिको स्रोत पैतृक र व्यवसायीक भएको उल्लेख गरेका छन् ।

सोहिलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा भएपछि गुरुङले सामाजिक सञ्जालबाटै जवाफ दिएका हुन् ।

सम्बन्धित समाचार