AarthikBikash
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मन्त्रिपरिषद्बाट प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत

मन्त्रिपरिषद्बाट प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत

  • बिहिबार, भदौ २५, २०८३
मन्त्रिपरिषद्बाट प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं – मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ।

आज बसेको बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डललाई भ्रमण स्वीकृत गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । भ्रमण असोज ६ देखि १० गतेसम्म हुनेछ ।

यसैगरी, सरकारले सहसचिवद्वय विनोदकुमार कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरेको छ।

कुँवरलाई लुम्बिनी प्रदेशको प्रमुख सचिव र खत्रीलाई सुदूरपश्चिमको प्रमुख सचिवमा पदस्थापन गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए।

यस्तै, शिक्षा सेवा आयोगको अध्यक्षमा डा.हरिप्रसाद लम्साललाई नियुक्त गरिएको छ भने आयोगमा सदस्यमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाललाई नियुक्त गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद्का सात  निर्णय 

१. २०८३ असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने ।

२.भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने ।

३. अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

४.काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहका १७,४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने ।

५.शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल (भक्तपुर), सदस्यमा रामशरण सापकोटा (मकवानपुर) र महिला सदस्यमा विष्णु घिमिरे रिमाल (काठमाडौँ) लाई नियुक्ति गर्ने ।

६. सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।

७. सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।

सम्बन्धित समाचार