AarthikBikash
सोमवार, कार्तिक १०, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • जमिनमुनिको डिजेल ट्यांकी विस्फोट भएर आगलागी, ९५०० लिटर डिजेल नष्ट

जमिनमुनिको डिजेल ट्यांकी विस्फोट भएर आगलागी, ९५०० लिटर डिजेल नष्ट

  • सोमवार, कार्तिक १०, २०८३
जमिनमुनिको डिजेल ट्यांकी विस्फोट भएर आगलागी, ९५०० लिटर डिजेल नष्ट

झापा – झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा डिजेल ट्यांकी विस्फोट भएर आगलागी हुँदा एक जना घाइते भएका छन्।

आगलागीबाट ट्यांकीमा भण्डारण गरिएको करिब ९ हजार ५०० लिटर डिजेल जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार आइतबार राति कम्पनी परिसरमा जमिनमुनि रहेको ट्यांकीबाट प्रदेश १–०१–००१ क १८०० नम्बरको टिपरमा डिजेल लोड गर्ने क्रममा ट्यांकी अचानक विस्फोट भएको थियो। त्यसपछि आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीको रापले टिपर चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ निवासी ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

विस्फोटबाट टिपरमा सामान्य क्षति पुगेको छ भने ट्यांकीमा रहेको सम्पूर्ण डिजेल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक महेन्द्र पराजुलीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। शिवसताक्षी नगरपालिकाको दमकल र कम्पनीका कर्मचारीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

ट्यांकी विस्फोट हुनुको कारणबारे थप विवरण भने खुलाइएको छैन।

सम्बन्धित समाचार