AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • गृहमन्त्री लामिछानेमाथि छानविन गर्न समिति गठन नगरे संसद चल्न दिँदैनौं : रमेश लेखक

गृहमन्त्री लामिछानेमाथि छानविन गर्न समिति गठन नगरे संसद चल्न दिँदैनौं : रमेश लेखक

  • मङ्लबार, चैत्र २७, २०८०
गृहमन्त्री लामिछानेमाथि छानविन गर्न समिति गठन नगरे संसद चल्न दिँदैनौं : रमेश लेखक

काठमाडौं-नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने सर्वसम्मत निर्णय गरेको छ ।

कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको हो । संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको मागलाई संसदीय दलले उचित छ भन्ने ठहर गरेको प्रमुख सचेतक रमेश लेखकले बताए।

साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ ।

बैठकपछि सचेतक लेखकले भने, ‘उपप्रधानमन्त्री एवम् गृहमन्त्री माननीय रवि लामिछाने जी सहकारीको रकम अपचलन गर्ने काममा संलग्न भएको कुरालाई हामीले उठाइरहेका छौं । त्यसको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानका निमित्त संसदीय समिति गठन गर्ने माग हामीले गरिराखेका छौं । आजको संसदीय दलले नेपाली कांग्रेसले उठाउँदै आएको काम उचित छ भन्ने ठहर गरेको छ, सर्वसम्मतीले ।’

त्यससँगै आजको बैठकले तत्काल नेपाली कांग्रेसको माग बमोजिम संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णयसमेत गरेको उनले बताए ।

यदि कांग्रेसको माग सम्बोधन नभए संसद अवरोधको जिम्मा सरकारले लिनुपर्ने उनले चेतावनी दिए । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार