AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेतासंग छलफल गर्दै सभामुखले देवराज

प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेतासंग छलफल गर्दै सभामुखले देवराज

  • मङ्लबार, बैशाख २५, २०८१
प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेतासंग छलफल गर्दै सभामुखले देवराज

काठमाडौं-सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुसङ्ग आज छलफल गर्दै छन् ।

सभामुखको सचिवालय का अनुसार आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उक्त छलफल गर्न हुने भएको हो ।

यही वैशाख २८ गतेका निम्ति संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफूहरूका माग पूरा नभए संसद् बैठक चल्न नदिने जनाएको छ ।

नियमित रूपमा बैठक सञ्चालनका विषयमा सहमति जुटाउने प्रयासस्वरूप सभामुखले शीर्ष नेताहरूलाई बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनलाई छलफलमा बोलाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार