AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • सत्ता समीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री

सत्ता समीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री

  • सोमवार, असार ३, २०८१
सत्ता समीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बकर इदले सहिष्णुताको संस्कृतिलाई सबल बनाएको बताएका छन्।

बकर इद (अल-अजहा)को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इदको महत्वपूर्ण भूमिका रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत पर्व कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका बताए ।

उनले हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने उल्लेख गर्दै मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका बताए ।

 

Facebook Comments

सम्बन्धित समाचार